रुपन्देही – यहाँ डेंगुका बिरामी बढदै गएपनि यसको जाँच गन किट अभाव भएको छ । जिल्ला जनस्वास्थ्य कार्यलय रुपन्देहीले जिल्लामा तीन दिनदेखि किट अभाव रहेको जनाएको छ ।
जिल्ला जनस्वास्थ्य कायालय रुपन्देहीका भेक्टरकन्टोलर अधिकृत केदार साहले अभाव भएपछि इपीमियोडोलोजी तथा रोग नियन्त्रण महाशाखामा माग गरिएको बताए ।
रुपन्देहीका सरकारी अस्पतालमा किटको अभाव भएपनि निजी अस्पतालमा भने महंगो बनाइएको छ । सरकारले यो निःशुल्क बितरण गर्दे आएको किट बुटवलका निजी संस्थामा परीक्षण गर्दा ९ सयदेखि ३ हजारसम्म शुल्क लिएको बताइएको छ । लुम्बिनी अञ्चल अस्पतालमा केही स्वास्थ्यकर्मीलाई समेत डेंगु देखिएपछि किट नहुँदा समस्या भएको अस्पतालले जनाएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यलय रुपन्देहीमा डेंगुको बिरामी बढेपछि जिल्लाका सबै बिद्यालयमा स्वास्थ्य शिक्षा दिने तयारी गरेको छ । जिल्लाका बढी प्रभाबित क्षेत्रमा सुरक्षाकर्मी नेपाली सेना र नेपाल प्रहरी तथा नगरपालिकासँग सहकार्य गरेर खोज र नष्ट अभियान सुरु गर्ने नयारी गरेको जिल्ला जनस्वास्थ्य कार्यलय रुपन्देहीका प्रमुख जनस्वास्वास्थ्य प्रशासक केयर सिङ गोदारले बताए ।
जिल्ला जनस्वास्थ्य कार्यलय रुपन्देहीका अनुसार अहिले सम्म १ सय १२ जनामा देखिएको छ। दैनीक बिरामी बढ्दै गएका छन् ।