काठमाडौं- जावलाखेलस्थित सेन्ट मेरिज स्कुलमा स्तन क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम गरिएको छ। क्यान्सर केयर नेपाल र नेशनल हस्पिटल एण्ड क्यान्सर रिसर्च सेन्टरले आज संयुक्त रुपमा चेतनामुलक कार्यक्रम गरेको हो।
कार्यक्रममा स्कुलबा विद्यार्थी र शिक्षकलाई स्तन क्यान्सरका विषयमा जानकारी दिइएको छ। कार्यक्रममा पाठेघरको क्यान्सलाई जितेकी बलिउड नायिका मनिषा कोइरालाले नियमित स्वास्थ्य परीक्षण गर्न र स्वस्थकरण खाना खान सबैलाई सुझाब दिइन् ।
‘हामीले सधैँ स्वस्थ खाना र विसादी रहित खाना रोज्नु पर्छ,’ उनले भने, ‘जंग फुडलाई सकभर प्रयोग गर्नुहुँदैन भने नियमित व्यायाम गर्न आवश्यक छ ।’
कार्यक्रममा नाटक मार्फत क्यान्सर बारे थप जानकारी दिइएको थियो । जसमा स्तनमा आउने हरेक गाँठागुठी स्तन क्यान्सर नहुने तर शरिरमा त्यस्ता गाँठागुठी आयो भने नजिकको अस्पतालमा गएर देखाउनु पर्ने, समययमा नै उपचार गरे स्तन क्यान्सर निको हुने लगायतका जानकारी दिइएको थियो ।
अक्टोवर महिनामा विश्वभर स्तन क्यान्सरको बारेमा रोकथाम र बच्ने उपाय बारे जनचेतना फैलाउँदै मनाउने गरीन्छ ।