काठमाडौं- नेपाल औषधि उत्पादक संघ (एपोन)ले दोस्रो कोकाकोला कर्पोरेट इन्डोर क्रिकेट कपको उपाधि जितेको छ । एपोन नेपाली औषधि उत्पादकहरुको छाता संस्था हो।
आइतबार भेलोसिटी इन्डोर क्रिकेट हलमा सम्पन्न फाइनलमा एपोनले सांग्रिला स्पोर्टसलाई १८ रनले पराजित गर्दै उपाधि चुमेको हो । १० ओभरको खेलमा एपोनले टस जितेर पहिले ब्याटिङ गरेको थियो।
एपोनले निर्धारित ओभरमा दुई विकेट गुमाउँदै १ सय ४ रन बनाएको थियो । फाइनल खेलमा एपोनका विकास सिंहले सर्वाधिक ३९ रन बनाएका थिए । उनलाई सांग्रिलाका डेनी मिश्रले बोल्ड गरेका हुन् । सिंहले २४ बलको सामना गर्दै दुई चौका र तीन छक्का प्रहार गरे।
प्रतिस्पर्धामा एपोनका अर्जुनराज अधिकारीले ३२ रन बनाउँदा रनआउटको सिकार भएर । अधिकारीले १८ बल खेल्दै दुई चौका र दुई छक्का प्रहार गरेका थिए । एपोनका प्रवीन श्रेष्ठ १३ तथा प्रवल कासाजु १० रनमा अविजित रहेका थिए।
जबाफमा ब्याटिङ गरेको संग्रिला ७ दशमलव ४ ओभरमा ८६ रनमै अल आउट भयो । सांग्रिलाका विनोद तामाङको अविजित ३० रन बनाएका थिए । तामाङले २७ बलमा दुई चौका र एक छक्का प्रहार गरेका थिए । सांग्रिलालाई ८६ रनमै सिमित गर्ने क्रममा अर्जुन अधिकारीले दुई विकेट लिए भने विकास सिंह र प्रबल कासाजुले एक एक विकेट लिएका हुन्।
प्रतियोगितको पहिलो सेमिफाइनलमा एपोनले एसबिआईलाई दुई विकेटले पराजित गरेको थियो । एपोनका तर्फबाट प्रवीन श्रेष्ठ (क्याप्टेन), अर्जुनराज अधिकारी, प्रबल कासाजु, विकास प्रसाद सिंह, प्रभात कुँवर, गौरभ खरेल र सुमित चन्द्र श्रेष्ठ थिए । टिमको व्यवस्थापक दिपेश प्रधान थिए भने मेन्टर पल्लव श्रेष्ठ थिए ।
.JPG)
%20main.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)