काठमाडौं- त्रिवि शिक्षण अस्पतालमा आज स्वासप्रस्वासम्बन्धि दीर्घकालिन दम रोग (सिओपिडी)सम्बन्धि निशुल्क शिविर सञ्चालन गरिएको छ। आज विश्व सिओपिडी दिवसका अवसरमा अस्पताल परिसरमा सञ्चालित शिविरमा ८ सय जनाले सेवा लिएका छन् ।
नेपाल मेडिकल स्टुडेन्ट सोसाइटी र पल्मोनोलोजी एण्ड क्रिटिकल कियर मेडिसिन युनिटले आयोजना गरेको शिविरमा अस्पतालमा आएका बिरामीका आफन्त, ओपिडीमा अन्य जाँचका लागि पुगेका बिरामी तथा सर्वसाधारणले सेवा लिएका हुन् ।
शिविरमा फोक्सोका अवस्था जाँच, सिओपिडीबारे जानकारी दिने लगायतका कार्यक्रम गरिएको डा अमित शर्माले बताए ।