काठमाडौं– काठमाडौं– एन्टिबायोटिक सम्बन्धी जनचेतना जगाउन काठमाडौंमा वाकाथन गरिएको छ। एन्टिबायोटिकको समुचित प्रयोगमा जोड दिँदै विभिन्न संघसंस्थाले शनिबार वाकाथन कार्यक्रम गरेको डक्टर्स अफ फार्मेसी भावना खकुरेलले जानकारी दिइन्।
होप इन्टरनेशनलबाट सुरु भएको उक्त वाकाथन लगनखेल, जावलाखेल, जावलाखेल टावर, महालक्ष्मी स्थान, एकान्तकुना हुँदै होप इन्टरनशेनल कलेजमै आएर टुंगिएको थियो। वाकाथनमा फर्माक्लोजिस्ट, फर्मासिस्ट, फार्मेसी सञ्चालक, फार्मेसीका विद्यार्थीहरुको उपस्थिति थियो।
कार्यक्रममा औषधि व्यवस्था विभागका पूर्व महानिर्देशक बालकृष्ण खकुरेल, गजेन्द्र भुजु, नेपाल औषधि लिमिटेडका महाप्रबन्धक रोवश कुसुम सुवेदी र फार्मेसी काउन्सिलका अध्यक्ष केशवध्वज जोशी लगायतको सहभागिता थियो।





