काठमाडौँ— एन्टिबायोटिक्स सचेतना सप्ताहको अवसरमा आज सचेतना र्याली निकाएको छ ।
एन्टिवायोटिक उपचार : पुर्नविचार भन्ने नाराका साथ निकालिएको र्याली मीनभवनस्थित सिभिल अस्पतालबाट सुरु भई माइतीघर, थापाथली हुँदै त्रिपुरेश्वरमा पुगेर टुङ्गिएको थियो ।
हरेक वर्ष कार्तिक २७ देखि मंसीर ३ गतेसम्म विश्वभर एन्टिवायोटिक औषधिको प्रयोगमा ध्यान दिनुपर्ने, यसको मितव्ययी प्रयोगमा जनचेतना जगाउन सप्ताहव्यपी कार्यक्रम गर्ने गरिन्छ ।
स्वास्थ्यमन्त्रालय, विश्वस्वास्थ्य संगठन नेपाल, पुशसेवा विभागलगायतको पहलमा संयुक्त सचेतना र्याली निकाएको हो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका माइक्रोवायोलोजिष्ट सुन्दर खड्काले कुनैपनि रोगको आफुखुसी औषधि खान नहुने भन्दै प्रयोगशालाबाट जाँच गरेर चिकित्सकको सल्लाहमा एन्टिवायोटिक्स प्रयोग गर्नुपर्ने बताए ।