काठमाडौं- काठमाडौँ काडाँघारीमा रहेको हेलेना विनायक डेन्टल हस्पिटल प्रालिमा शिलबन्दी गरिएको छ।
आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले आज गरेको अनुगमनका क्रममा जिल्ला जन स्वास्थ्य कार्यालयको स्वीकृति बिना नै अस्पताल सञ्चालन गरेको पाएपछि सम्पूर्ण सामग्री सञ्चालन स्वयंको जिम्मामा रहने गरी शिलबन्दी गरिएको हो ।
अनुगमन संयोजक निरोज घिमिरेका अनुसार काँडाघारीमै रहेको सविना फर्मा र एनएण्डएस फार्मेसी प्रालिले व्यवसाय दर्ता नगरी सञ्चालन गरेको पाएकाले २४ घन्टाभित्र औषधि व्यवस्था विभागमा उपस्थिति हुन निर्देशन दिइएको छ।
शिलबन्दी गरिएको औषधि पसललाई तीन दिनभित्र र अन्य दुई पसललाई २४ घण्टाभित्र विभागका उपस्थिति नभए विभागले थप कारबाही गर्ने पनि चेतावनीसमेत दिएको छ ।
विभागले काठमाडौँको गौशाला र भीमसेनगोलामा केही खाद्य पसलमा गरेको अनुगमनका क्रममा २५ बोतल पेय पदार्थ नष्ट गरेको छ। रासस