काठमाडौं- पूर्वराष्ट्रपति डा रामवरण यादवले चाबहिलस्थत ओम अस्पतालमा उपचाररत नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिलाई भेटी उनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन्।
त्यस्तै राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर र काँग्रेस नेता प्रकाशमान सिंह पनि अस्पतालमा पुगी निधिको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए।
श्वासप्रश्वासमा समस्या देखिएपछि नेता निधि सोमबार अस्पताल भर्ना भएका छन्। रासस
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।