काठमाडौँ– सरकारले सबै स्थानीय तहका प्रशासकीय अधिकृतलाई पनि सूर्ति नियन्त्रण निरीक्षकको बनाउने निर्णय गरेको छ। देश संघीय संरचनामा गएकाले सूर्तिजन्य पदार्थको नियन्त्रणलार्इ पनि सोहीअनुसार अघि बढाउन स्वास्थ्य मन्त्रालयले प्रशासकीय अधिकृतलाई सूर्ति निरीक्षक बनाउन सहमति माग गरेको थियो । यसअघि सहायक प्रमुख जिल्ला अधिकारी मात्रै सूर्ति निरीक्षक रहने प्रचलन थियो।
गत बुधबार बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको हो । यसअनुसार ७७ जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी र ७ सय ५३ जना प्रशासकीय अधिकृत सूर्ति नियन्त्रण निरीक्षक भएका छन्।
स्वास्थ्य तथा वातावरण सम्बन्धी मौलिक हक र अधिकार सुनिश्चित गर्न नेपाल सरकारले सूर्तिजन्य पदार्थको नियन्त्रण सम्बन्धि विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय महासन्धीहरुमा प्रतिवद्धता व्यक्त गरेको छ।