काठमाडौं– स्वास्थ्य मन्त्री दिपक बोहोराले हरेक प्रदेशमा एउटा मुटु रोगको अस्पताल खोल्ने तयारी भइरहेको बताएका छन् । शहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रको २२ औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
कार्यक्रममा मन्त्री बोहोराले अस्पतालले मुटु रोगको उपचारमा गंगालाले गरेको कामको प्रशंसा गरे । उनले नेपालमै गुणस्तरीय उपचार सेवा उपलब्ध गराउन सफल अस्पतालले सबै नेपालीलाई विदेश गएर मुटुको उपचार गराउने बाध्यताबाट मुक्ति दिलाउने अपेक्षा गरे। स्वास्थ्य सचिव डा पुष्पा चौधरीले उपत्यका बाहिर अस्पतालका शाखा खोल्नुपर्नेमा जोड दिइन् ।
केन्द्रका कार्यकारी निर्देशक डा ज्योतीन्द्र शर्माले निरन्तर सेवा र सुविधा वृद्धि गर्दै लगिरहेको बताए । उपत्यका बाहिर पनि गंगालालका सेवा दिन आफू लागि परेको जानकारी दिए। डा शर्माले स्थापनाकालदेखि हालसम्म करिब १४ लाख ४० हजार बिरामीहरुलाई बहिरंग सेवा, करिब ५६ हजार बिरामीहरुलाई क्याथल्याब सेवा र करिब २० हजार बिरामीको मुटुको शल्यक्रिया गरिएको तथ्यांक प्रस्तुत गरे।
यो पनि हेर्नुहोस्
वार्षिकोत्सवको अवसरमा डा ज्यातीन्द्र शर्मासँग गरिएको 25