काठमाडौं– त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले अस्पतालजन्य फोहोरको व्यवस्थापनका लागि फोहोर प्रशोधन तथा भण्डारण केन्द्र स्थापना गरेको छ।
अस्पतालले हेल्थ केयर फाउन्डेसन नेपालको सहयोगमा फोहोर प्रशोधन तथा भण्डारण केन्द्र सञ्चालनमा ल्याएको हो। त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा तीर्थराज खनियाँले बुधबार आयोजित कार्यक्रममा केन्द्रको उद्घाटन गरे।
अस्पतालका कार्यकारी निर्देशक प्रा डा दीपकप्रकाश महराले अस्पतालबाट निस्कने फोहोरमा विभिन्न संक्रामक किटाणुहरु हुने भएकाले वैज्ञानिक व्यवस्थापनका लागि अस्पताल हातामै प्रशोधन केन्द्रको स्थापना गरिएको बताए।
11 संगठन तथा नेपाल सरकारको मापदण्ड अनुसार अस्पतालबाट संकलित फोहोरलाई सुरुमा वर्गीकरण गरेर निर्मलीकरण गर्ने र त्यसपछि एक ठाउँमा जम्मा पारेर डिस्पोज गरिने कार्यकारी निर्देशक महराले जानकारी दिए।
‘अहिले एउटा वार्डबाट फोहोर व्यवस्थापन थालेका छौं। सबै वार्डबाट निस्केको फोहोर व्यवस्थापन गर्ने क्षमता विस्तार गर्न दुई वर्ष लाग्छ’, उनले भने।
यसका लागि साढे दुई करोड रुपैयाँ लाग्ने कार्यकारी निर्देशक महराले बताए।