बैतडी- बैतडीका १० वटै स्थानीय तहमा स्थानीय तह स्वास्थ्य सुरक्षा संयोजन समिति गठन भएको छ।
स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारीरुपमा अघि बढाउन जिल्लाका ६ वटैै गाउँपालिका र चारवटै नगरपालिकामा संयोजन समिति गठन गरिएको स्वास्थ्य बीमा बोर्ड बैतडीका प्रबन्धक जनक साउदले जानकारी दिए। सम्बन्धित स्थानीय तहका प्रमुखको अध्यक्षतामा समिति गठन गरिएको छ।
उनले ४४० जना जनप्रतिनिधिलाई स्वास्थ्य बीमासम्बन्धी जानकारी समेत दिइएको बताए।
बैतडीमा २०७३ साल पुसदेखि शुरु भएको स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत ७०४ घरपरिवारका तीन हजार ४४० जनाले बीमा गरेका छन्। रासस