धनगढी– कैलालीको कैलारी गाउँपालिकामा शनिबार निःशुल्क आँखा शिविर गरिएको छ। धनगढी नेत्रालय आँखा अस्पताल र जनता बैंक धनगढी शाखाको संयुक्त आयोजनामा कैलारी–१, हसुलियामा राखिएको शिविरमा एक हजार दुई सय जनाको आँखा चेकजाँच गरिएको आयोजकले जनाएका छन्।
वरिष्ठ नेत्र विशेषज्ञ डा विद्याप्रसाद पन्तको नेतृत्वको समूहले तीन सय जनालाई शल्यक्रियाका लागि सिफारिस र अन्यलाई औषधि तथा चश्मा प्रदान गरेको जनता बैंकका शाखा प्रबन्धक मुकुन्दप्रसाद भट्टले जानकारी दिए।
शल्यक्रियाका लागि सिफारिस भएका बिरामीहरुको धनगढी चटकपुरस्थित धनगढी नेत्रालय आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया गरिने अस्पतालका प्रशासक त्रैलोक्यनाथ पाण्डेयले बताए।