रुपन्देही – बुटवलमा नि:शुल्क स्वास्थ्य शिवीर सम्पन्न भएको छ । गौतमबुद्ध सामुदायिक मुटु अस्पतालको प्राविधिक सहयोगमा सम्पन्न भएको शिविरमा ४ सय ७६ जना बिरामीको निःशुल्क स्वास्थ्य परिक्षण गराएका छन्।
शिविरमा ४ सय १ जनाको इसिजी, २ सय २ जनाको ईको, ३ सय ३४ जनाको ल्याब र ३२ जनाको पिएफटी परिक्षण गरिएको अस्पतालका उपाध्यक्ष एवं रोटरी क्लब अफ सेन्ट्रल बुटवलका अध्यक्ष रामप्रसाद बस्यालले जानकारी दिए।
गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका निर्देशक बरिष्ठ मुटुरोग विशेषज्ञ डा. समिर गौतमले बत्तिमुनिको अन्धकार भनेजस्तै बुटवल भित्र रहेका धेरै व्यक्तिहरुमा नियमित स्वास्थ्य परिक्षण नगर्दा गम्भिर समस्या देखिने गरेको बताए।
शिविरमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. समिर गौतमको नेतृत्वमा अन्य मुटुरोग विशेषज्ञ, मिर्गौला रोग विशेषज्ञ, जनरल फिजिसियन लगायत गरी ४५ जना बढी स्वास्थ्यकर्मीहरुले विरामीको स्वास्थ्य परिक्षण भएको थियो ।