नर्सिङ

यी हुन् प्रथम विश्वयुद्धका दश शक्तिशाली नर्स, जसले सेवा र साहस देखाए

जोनाथन बिची

प्रथम विश्वयुद्धमा घाइते भएका सिपाही तथा स्थानीयहरुको उपचारमा खटिएका नर्सहरु प्रेरक नायक हुन्। तत्कालीन समयमा उनीहरुले अविश्वसनीय चुनौती तथा बाधामाथि विजय हासिल गरेका थिए। लैङ्गिक असमानतालाई चिर्दै युद्ध मैदानमै पुगी घाइते सैनिक जवानहरुलाई बचाउन खेलेको उनीहरुको योगदानलाई निकै प्रशंसनीय मानिन्छ।

विभिन्न देशका यी साहसी महिलाहरु जो निःस्वार्थ रुपमा मानव सेवामा समर्पित थिए। कसैले प्रशासकीय तथा संयोजकको भूमिका खेले भने कसैले आफ्नो वरपर बम विस्फोट भइरहँदा पनि काममा खटिइरहे। आफ्नो काम र सेवाप्रति उनीहरु यती दत्तचित्त भएकी सैन्य कानुनको विरुद्ध हुँदा पनि आफ्नो काम जारी राखे। बम बिस्फोटको वास्ता नगरी खटिइरहे। उनीहरुको योगदान र साहसलाई हेर्दा यति भन्न कुनै सन्देह रहँदैन की प्रत्येक नर्सहरु सेवाका प्रतिमूर्ति नै थिए।

 

१) एडिथ क्याभेल

एडिथ म्याभेल ब्रिटिस नर्स हुन्। जो अनगिन्ती सैनिक जवानको उपचारमा खटिएर चर्चा कमाएकी थिइन्। सन् १९१४ मा जब ब्रसेल्स जर्मनीमा समेटियो, उनी त्यहाँबाट हिँडिन्। क्याभेल लुकेर रहेका घाइते सैनिक जवानहरुलाई देशको सुरक्षित भागमा लैजाने काममा खटिइन्। त्यसका लागि सैनिकहरुलाई नक्कली पहिचान दिइन्थ्यो।

अगष्ट १९१५ मा एडिथलाई जर्मन सहयोगी ग्यास्टन क्विनले धोका दिए। उनलाई जर्मन सेनाहरुले देशद्रोहको आरोप लगाउँदै पक्राउ गरे र सैन्य अदालतमा उपस्थित गराए। उनलाई आफ्नो घरमा १ सय ७५ पुरुषलाई उपचार गरी आश्रय दिएर सहयोग गरेको आरोप लागेको थियो। उनको त्यो कदम जर्मन सैन्य कानुनविरुद्ध भएको ठहर भयो। 

अन्ततः अन्तर्राष्ट्रिय दबावका बावजुद पनि उनलाई मृत्युदण्ड दिइयो। उनलाई १६ जनाको जर्मन फायरिङ टोलीले गोली हानेर हत्या गरेका थिए। क्याभेलको योगदानको कदर गर्दै उनको नाममा चलचित्रसमेत निर्माण गरिएको छ। फिल्ममा क्याभेलको भूमिका ब्रिटिस अभिनेत्री अन्ना निग्लले निभाएकी थिइन्। १९३९ मा बनेको चलचित्र ‘नर्स एडिथ कारवेल’मा निडर नर्सको रुपमा पर्दामा देखिएकी निग्लको कलाकौशलको खुबै तारिफसमेत गरिएको थियो। यो चलचित्र ओस्कार अवार्डमा पनि मनोयनमा पर्न सफल भएको थियो। नर्स एडिथको नाममा अमेरिका, अष्टे«लिया, बेल्जियम, क्यानडाका विभिन्न सडक, मेडिकल, 4 सेवा, उद्यानसमेत बनाइएको छ।

 

२) मेरी हिसहोम

स्कटिस महिला मेरी हिसहोम कुशल मोटरबाइक चालक थिइन्। मोटरबाइकप्रतिको लगाव देखेर बेल्जियमको हवाई एम्बुलेन्स बलले उनलाई निमन्त्रणा दियो। मेरी र उनकी बाइकर साथी एल्सी नकर हवाई एमबुलेन्स बलमा भर्ना भए।

सो लगत्तै उनीहरु दुवैलाई युद्धका बेला फन्र्समा अवस्थित फिल्ड अस्पतालमा घाइते सैनिकहरुको उपचारार्थ खटाइयो। मेरीलाई अंगभंग भएका सैनिकका शवहरुलाई शवगृहमा लैजाने जिम्मेवारी पनि सुम्पिएको थियो। तर, बलभित्र रहेको पुरुषहरुको अधिपत्यले उनीहरुले सो एम्बुलेन्स बल छोड्ने निर्णय गरे।

घाइते सैनिकको उपचारमा खटिने एमबुलेन्स बल छोडेपनि मेरीले सैनिकको उपचार कार्यलाई भने छोडिनन्। जसमा उनलाई नकरको राम्रो साथ मिलेको थियो। सोपश्चात् उनीहरुले पर्भिज भन्ने ठाउँमा एउटा भत्किएको घरको भुइँतल्ला फेला पारे र सोही घरमै अवैधरुपमा डे«सिङ स्टेसन स्थापना गरे। उक्त घर युद्धले खाडल बनाएको ठाउँबाट १ सय गजको मात्रै दुरीमा थियो।

बेल्जियन रेडक्रसको सम्बन्धन बिना नै उनीहरुले आफ्नो तरिकाले उजचार सेवा र आवश्यक चिकित्सा सामाग्री आपूर्ति गर्नूृपर्ने अवस्था थियो। सोही अवस्थामा उनले सौभाग्यस्वरुप नजिकै रहेको बेल्जियन फौजमा भर्ना हुने मौका पाइन्। सो क्रममा उनले सयौं मानिसको ज्यान जोगाउन सहयोग गरिन्।

युद्धका समय पुर्याएको योगदानको कदर गर्दै मेरीलाई ‘बेल्जियन नाइट्स क्रस’बाट सम्मानित गरिनुका साथै ब्रिटिस सरकारले समेत सैन्य पदक प्रदान गर्यो।

 

३) अन्ना क्यारोलिन म्याक्सवेल

अन्ना क्यारोलिन म्याक्सेवललाई अमेरिकी फ्लोरेन्स नाइटिंगेल पनि भनिन्छ। उनको शिक्षाप्रतिको समर्पण र शैक्षिक स्तर सुधार्नमा सहयोग गरेकाले आजपनि 4 पेसा प्रतिष्ठित पेसा मानिन्छ। अन्ना अमेरिकी सैन्य नर्स स्थापनामा महत्वपूर्ण भूमिका खेल्नेमध्येकी एक मानिन्छिन्। नर्सलाई सैन्य पदक दिनुपर्छ भन्ने विषय सैनिक नियमावलीमा राख्ने सम्बन्धमा उनको सहयोग थियो।

उनले मुख्यगरी शिक्षा र तालिममा जोड दिएकी थिइन्। उनी प्रेसबिटेरियन अस्पताल 4 स्कुलको निर्देशक थिइन्, जुन पछि कोलम्बिया युनिर्भसिटी स्कुल अफ 4मा परिणत भयो। उनको काम र तालिम प्रथम विश्वयुद्धमा महत्वपूर्ण बन्यो। उनले आफ्नो प्रशासनिक दक्षता र शैक्षिक कार्यक्रमका कारण नर्सहरुलाई सक्रियरुपमा सेवामा लगाउन सफल भइन्। 

फ्रेन्च सरकारले उनको कदर गर्दै जनस्वास्थ्य क्षेत्रका लागि सम्मान पदकसमेत दिएको थियो।

 

४) एलिस रस किङ

रोयल अष्ट्रेलियन इम्पेरियल बलकी एलिस रस किङ फ्रान्समा 4 सेवामा कार्यरत थिइन्। एलिस युद्धताका सशस्त्र क्लिनिक स्टेसनमा भएको जर्मन हवाई हमलाबाट नाटकीय रुपमा बाँच्न सफल भएकी थिइन्। उनी ओमार, फ्रान्समा आएको पाँचौं दिनमा नै जर्मन सेनाले हवाई आक्रमण गरेको थियो।

मिसाइलहरु उनी रहेको स्थान वरिपरि विस्फोट भए। भयानक विस्फोट भइरहँदा पनि उनी बाँच्न सफल भएकी थिइन्। घाइते अवस्थामा रहेपनि उनी बल्लतल्ल उठिन्। आफ्नो टोली रहेको भवन तथा टेन्टमा बम पड्किरहेका बेला उनी सिधै ‘डेन्जर जोन’तर्फ दौडिइन्, कारण उनी आफ्ना घाइते साथीहरुका बारेमा चिन्तित थिइन्।

दुस्मनको आक्रमणबाट बच्दै प्रेरणादायी सेवाभाव र आफ्नो कर्तव्यप्रतिको लगाव देखाएकोमा उनलाई सैन्य पदकबाट सम्मान गरिएको थियो।

 

५) जुलिया सी स्टिमसन 

जुलिया सी स्टिमसन एक जुझारु, उर्जावान, दृढ इच्छा शक्ति र दृढसंकल्प भएकी व्यक्ति थिइन्। उनलाई युद्धका बेला केही न केही परिवर्तन गर्न चाहन्थिन्। उनले कम उमेरमा नै आफ्नो इच्छा र दृढता देखाएकी थिइन्। तत्कालीन समयमा स्नातक तह पास गर्ने उनी कम उमेरकी थोरै महिलामध्ये एक थिइन्।

उनले १६ वर्षकै उमेरमा भास्कर कलेजमा अध्ययन गर्ने मौका पाइन्। उनले आफ्नो करियर आर्मी नर्सबाट सुरु गरेकी थिइन्। उनी मे १९१७ मा बेस अस्पतालमा काम गर्न फ्रान्स पगेकी थिइन्। त्यसको करिब एक वर्षपछि नै जुलिया फ्रान्सस्थित अमेरिकन रेडक्रसमा नर्सको प्रमुखमा नियुक्त भइन्।

उनले पेरिसमा रहेको अमेरिकी विदेशी बलको 4 सेवाअन्तर्गत प्रशासनिक भूमिकामा पनि खटिइन्। उनकै प्रयासमा हजारौँ सैनिक जवानहरुले राम्रो स्वास्थ्य उपचार सेवा पाए। सोही योगदानको कदरस्वरुप जुलिया प्रथम विश्वयुद्धको अन्त्यतिर अमेरिकाको विशेष सेवा पदकबाट सम्मानित भइन्।

१९१८ मा पहिलो विश्वयुद्ध सकियो, तर, जुलियाले नर्सको काम भने जारी राखिन्। उनले दोस्रो विश्वयुद्धमा नर्सको रुपमा भर्ती पाउने व्यक्ति सिफारिस गर्ने प्रमुखको रुपमा समेत काम गरिन्। उनी अमेरिकी सेनाको मेजरको दर्जा पाउने पहिलो महिलासमेत हुन्।

 

६) फ्लोरेन्स फार्मबोरफ


लेखनदेखि फोटोग्राफीसम्म दक्षता हासिल गरेकी फ्लोरेन्स फार्मबोरफ बहुमुखी प्रतिभाकी धनी थिइन्। उनले आफ्नो त्यो खुबी भने युद्धमा देखाइन्। उनी सन् १९०८ मा ब्रिटेनबाट रसिया गएकी थिइन्। रसियाको किभ पुगेपछि उनले एक परिवारमा ट्युसन टिचरको रुपमा काम गर्न थालिन्। उनले रसियाकी एक सफल मुटु सर्जनकी छोरीहरुलाई अंग्रेजी पढाउँथिन्। 

तर, जब युद्ध सुरु भयो, उनले रसियन आर्मीमा रेडक्रस नर्सको रुपमा काम गर्न थालिन्। ग्यालिसियन र रमानियन बलको उपचारमा उनी खटिइन्। युद्ध चर्किएको बेला उनी एक मात्र समर्पित नर्स थिइन्, जसले ‘द टाइम्स’ र ‘बिबिसी रेडियो’का लागि संवाददाताको रुपमा समेत काम गरिन्।

तत्कालीन समयमा प्रकाशित उनकै जर्नलकै आधारमा सन् १९७४ मा प्रकाशित ‘नर्स एट दी रसियन फ्रन्ट’मा युद्धका बेला फ्लोरेन्सका 4 अनुभवहरुलाई स्थान दिइएको छ। 

 

७) डोरोथी फिल्डिङ 

डोरोेथी फिल्डिङको जन्म इंग्ल्यान्डको वारविकसाइरमा उच्च घरानामा भएको थियो। उनी १८ वर्षको हुँदा इंग्ल्यान्डका राजा र रानीका समक्ष लगियो। फिल्डिङले राजसी सुखसयलमा रमाउन सक्थिन्। 

तर, उनले युद्धको बाटो रोजिन्।

सोपश्चात् उनी बेल्जियमको स्वयंसेवक इकाइमा एम्बुलेन्स चालक बनिन्। विद्रोही स्वभावकी डारोथीले तत्कालीन समय विभिन्न चुनौतीहरुको सामना गर्नुप¥यो। पश्चिमी बलले उनलाई दुस्मनले आक्रमण गरिरहँदा सवारी चलाउनुपर्ने तथा विभिन्न व्यक्तिहरुबाट विवाह प्रस्तावहरु पनि राखिए।

तर, फिल्डिङ आफ्नो काम र सेवामा दृढ थिइन्। युद्धका समय एमबुलेन्स चालकको रुपमा देखाएको बहादुरीको कदर गर्दै उनलाई ब्रोन्ज स्टार र अंग्रेजी सैन्य पदक प्रदान गरिएको थियो।

 

८) एल्सा ब्रान्डस्टर्म


एल्सा ब्रान्डस्टर्मलाई ‘साइबेरियाकी परी’ भनेर पनि चिनिन्थ्यो। उनी स्विडिस राजदुत सार निकोलस द्वितीयकी छोरी थिइन्। उनी प्रथम विश्वयुद्धका बेला रसियामा थिइन्। सहयोगको भावना भएकी उनले स्वयंसेवा गरिन्। सो समयमा घाइते तथा अंगभंग भएका रसियन सेनाको उद्धार तथा उपचारमा आफ्नो 4 दक्षता प्रयोग गरिन्।

एल्सा सन् १९१५ मा साइबेरियामा स्विडिस रेडक्रसको सहयोगमा युद्धका समय घाइते भएका जर्मन कैदीहरुको उपचारमा संलग्न थिइन्। सो समय 4 सेवामा खटिनु सहज भने थिएन। सन् १९१८ मा उनको रुसमा रहेर काम गर्न पाउने अनुमति खारेज गरियो। तर, निषेधको उक्त निर्णयको एल्साले कुनै प्रवाह गरिनन्। उनले लगातार दुई वर्षसम्म गैरकानुनी रुपमै साइबेरिया यात्रा जारी राखिन्। अन्ततः रसियन अधिकारीहरुले उनलाई सन् १९२० मा ओम्सकबाट गिरफ्तार गरे।

रिहाइपछि उनी स्विडेन फर्किइन् र युद्धका कैदीहरुको सहयोगार्थ अभियान चलाइन्। उनको प्रयास भनेको आर्थिक सहयोग जुटाउनु र बालघर स्थापना गरी २ सय भन्दा बढी अनाथहरुलाई आश्रय दिनु थियो।

एल्साले त्यसपछि भने विवाह गरिन् र अमेरिका गइन्। विवाहपछि पनि उनले आफ्नो सेवा र सहयोगको भावना एसियन र अष्ट्रियन शरणार्थीहरुमाथि देखाइन्।

 

९) लिनी लेक्रोन 

लिनी लेक्रोन प्रथम विश्वयुद्धमा नसुनिएकी नायक हुन्। उनी ग्यास र विष्फोटक पदार्थ ओसारपसार गर्ने अमेरिकी सैनिक टिमको एक हिस्सा थिइन्, जो युद्धका बेला फ्रान्समा रातदिन नभनी खटिएकी थिइन्। युद्धमा भएका घाइतेहरुको उपचारमा खटिएकी उनको योगदानको भने कुनै कदर भएन। उनको नाममा न परेड खेलियो, न त घर फर्किँदा कुनै स्वागत नै।

आर्मीबाट अवकास पाउनुअघि उनलाई ‘साइटेसन स्टार’बाट सम्मानित गरिनेवाला थियो। तर, त्यसले मूर्त रुप पाउन सकेन। पहिलो विश्वयुद्ध सकिएको करिब ८९ वर्षपछि मात्रै उनको कामको कदर गरियो। सन् २००७ मा मात्रै लिनीको नामको सम्मान ‘सिल्भर स्टार’ छोरी मेरी जोन बोल्स रिडले ग्रहण गरिन्।

‘सिल्भर स्टार’ अमेरिकी सैन्य सेवामा रहँदा बहादुरी देखाएवापत पाइने तेस्रो ठूलो सम्मान हो। उनी यो सम्मान पाउने तेस्रो महिला हुन्।

 

१०) लेनाह हिग्बे


लेनाह हिग्बे प्रथम नर्स हुन्, जो अमेरिकी नौसेनामा भर्ती भएकी थिइन्। यसको स्थापना १९०८ मा भएको थियो। यो कदम उनको लागि चुनौतीपूर्ण थियो। किनकी नौसेनामा महिला नर्सहरुलाई अयोग्य रुपमा हेरिन्थ्यो र उनीहरुलाई केही दर्जा पनि दिइँदैन थियो। हिग्बे आफ्नो पेसाप्रति पूरै समर्पित भइन् र सेवा सुरु गरेको छोटो समयमा नै 4 प्रमुखमा नियुक्त भइन्। केही वर्षपछि उनी नौसेना नर्सको सुपरिटेन्डेन्टमा बढुवा भइन्। उनी यस पदमा आउने दोस्रो महिला थिइन्।

प्रथम विश्वयुद्धको बेला अतुलनीय योगदान र समर्र्पणका निम्ति उनलाई ‘नेभी क्रस’बाट सम्मान गरिएको थियो। यो पदक पाउने उनी पहिलो महिला हुन्। उनको मृत्युपछि सम्मानस्वरुप नौसेनाअन्तर्गतका युद्धक विमानलाई ‘युएसएस हिग्बेन’ नामाकरण गरियो। सैन्य उपकरणमा महिलाको नाम लेखिएको यो नै हालसम्मकै पहिलो घटना हो।

- भावानुवाद : बुनु थारु

swasthyakhabar

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने

Nepali Live