मुख्य समाचार

शिक्षण अस्पतालका निर्देशक डा खड्गाले आइतबारबाट काम सुरु गर्ने

स्वास्थ्य खबरपत्रिका

काठमाडाैँ - त्रिवि शिक्षण अस्पतालका निर्देशक डा.प्रेम खड्गाले आज नियुक्तिपत्र बुझेका छन्। 

उनले  अाज पत्र बुझेकाे जानकारी दिँदै आइतबार देखि काम थाल्ने बताएका छन्। उनले पहिलाका पेन्डिङ कामहरु पूरा गरेपछि अाफ्नाे कार्यकालमा नयाँ योजनाका बारेमा सोच्ने बताए। 

त्रिभुवन विश्वविद्यालयले सात महिनादेखि रिक्त रहेको त्रिवि शिक्षण (टिचिङ) अस्पताल महाराजगञ्जमा नयाँ निर्देशक नियुक्त गरेको हाे। 

कार्यकारी परिषद्ले निर्देशक छनोटका लागि गठित सर्च कमिटीले सिफारिस गरेको नाममध्ये एक नम्बरमा रहेका डा खड्गालाई निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो। परिषद्ले १० दिन अघि नै खड्गालाई निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको थियो।

 शिक्षण अस्पतालका निर्देशक सिफारिसका लागि त्रिविले दुई पटक सर्च कमिटी बनाएको थियो। पहिलो पटक बनाइएको कमिटीले नाम सिफारिस गर्न नसकेपछि कात्तिक ८ मा पुन दोस्रो कमिटी बनाइएको थियो। डा अग्रवालको संयोजकत्वमा गठित उक्त कमिटीको सदस्यमा डा प्रदीप ज्ञवाली र डा अभिमन्यु झा सदस्य थिए। 

कमिटीले डा खड्गा सहित डा वाइपी सिंह र डा सुशील शिल्पकारलाई निर्देशकमा सिफारिस गरेको थियो। त्रिविले यी तीनमध्ये पहिलो नम्बरमा रहेका खड्गालाई निर्देशक बनाउने निर्णय गरेको हो। 

swasthyakhabar

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

पढ्नै पर्ने