काठमाडौं– सरकारले हालै ल्याएको कर्मचारी समायोजन अध्यादेशमा स्वास्थ्य सेवाका कर्मचारीहरुले आपत्ति जनाएका छन्। स्वास्थ्यका विभिन्न ८ वटा संगठनले अध्यादेशमा आपत्ति जनाउँदै ९ बुँदे माग राखेका छन्।
अध्यादेशमा रहेका बुँदा संशोधन गर्नुपर्ने माग राख्दै ८ वटै संगठनले संयुक्त रुपमा स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवलाई ज्ञापन पत्र बुझाएका छन्। उनीहरुले समायोजन अध्यादेशको दफा ७ को उपदफा ४ बमोजिम स्वास्थ्यकर्मी समायोजन गर्दा कम्तिमा एक तह स्तरवृद्धि गर्नुपर्ने, कर्मचारी समायोजन व्यवस्थापन गर्दा तीनै तहमा तहगत रुपमा दरवन्दी सृजना गर्नुपर्ने, स्वास्थ्य सेवाको कर्मचारी समायोजनका लागि छुट्टै सफ्टवेयर बनाउनु पर्ने लगायतका माग राखेका छन्।
राष्ट्रिय स्वास्थ्यकर्मी संघ, नेपाल स्वास्थ्यकर्मी संघ, मधेसी स्वास्थ्यकर्मी फोरम, अखिल नेपाल प्रगतिशिल स्वास्थ्यकर्मी संगठन, नेपाल स्वास्थ्यकर्मी युनियन, नेपाल राष्ट्रिय स्वास्थ्यकर्मी संगठन, स्वास्थ्यकर्मी युनियन र नेपाल स्वास्थ्य प्राविधिक संघले संयुक्त रुपमा ज्ञापन पत्र बुझाएका हुन्।
यस्ता छन् ९ बुँदे माग