काठमाडौं– नेपाल औषधि लिमिटेडका महाप्रबन्धक रोबश कुसम सुवेदीले राजिनामा दिएका छन्। उनले व्यक्तिगत कारण देखाउँदै उद्योग मन्त्रालयमा राजिनामा बुझाएका हुन्।
मृत अवस्थामा पुगिसकेको लिमिटेडलाई पुर्नजिवन दिँदै औषधि उत्पादन सुरु गरेका उनले आफ्नो कार्यकाल एक वर्ष बाँकी रहँदा नै पदबाट राजिनामा दिएका हुन्। उनी खुला प्रतिष्पर्धाबाट ०७३ पुस ७ गते नियुक्त भएका थिए।
तर, उनले आफ्नो कार्यकाल दुई वर्ष पुग्न ४ दिन मात्र बाँकी रहँदा उद्योग सचिव यामकुमारी खतिवडालाई राजिनामा पत्र बुझाएका छन्। उनको राजिनामा पत्र भने स्विकृत भएको छैन।