काठमाडौं- उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव अस्वस्थ भएका छन्।
टाउको अधिक दुख्ने समस्या देखिएपछि उनलाई गएरातिदेखि नर्भिक अस्पतालमा राखिएको छ। उनलाई डा पंकज जलनको टिमले उपचार गरिरहेको छ।
युरिक एसिडका कारण जिउ दुख्ने समस्या पनि उनमा देखिएको डा जलनले बताए। उनका अनुसार मन्त्री यादवको रिपोर्ट आउन बाँकी छ।
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।