काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका दुई सचिवको कार्यकक्ष व्यवस्थापन भएको छ। दुई जना सचिवका कारण कार्यकक्षमा किहले डा पुष्पा चौधरी त कहिले केदारबहादुर अधिकारी बस्दै आएका थिए। शुक्रबार कार्यकक्षमा डा चौधरी बसेकी थिइन् भने आइतबार अधिकारी।
तर, सोमबारबाट मन्त्रालयले सचिव चौधरीलाई पहिलाकै कार्यकक्षमा र अधिकारीलाई भने मन्त्रीका प्रमुख सल्लाहकार डा केके राई बस्ने कोठामा व्यवस्थापन गरिएको छ। कोठासँगै मन्त्रालयले सचिव डा चौधरीलाई स्वास्थ्यकै प्राविधिक र अधिकारीलाई जनसंख्या र प्रशासनको जिम्मा दिने भएको छ।
मन्त्री उपेन्द्र यादवले मन्त्रालयमा दुई जना नै सचिव रहने र उनीहरुको जिम्मेवारी बाँडफाड गरिने जानकारी दिएका हुन्।
कार्यकक्षको व्यवस्थापनसँगै दुवै कार्यकक्षमा नेमप्लेट समेत टाँसिएको छ।
मन्त्री यादवलाई ज्ञापन पत्र बुझाउन पुगेका नेपाल चिकित्सक संघको टोलीलाई मन्त्री यादवले आइतबार दुई वटा सचिव राख्ने गरी जिम्मेवारी तोक्न निर्देशन दिइसकेको बताएका थिए।