काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कार्यकक्षको विवाद सुरु भएको छ। मन्त्रालयमा २ जना सचिव भएपछि विवाद निस्किएको हो।
२ जना सचिवको कर्यकक्षको विवाद मन्त्रालयले आज समाधान गरे पनि सहसचिव र मन्त्रीका प्रमुख सल्लाहकारको कोठाका हकमा विवाद स्थानान्तरण भएको छ। मन्त्रालयले स्वास्थ्य सचिव डा पुष्पा चौधरीलाई पुरानै कार्यकक्षमा र अर्का सचिव केदारबहादुर अधिकारीलाई मन्त्रीका प्रमुख सल्लाहकार कृष्णकुमार राई बस्दै आएको कोठामा व्यवस्थापन गरेको थियो।
मन्त्रीका सल्लाहकार राईले आफ्नो कोठा सचिवलाई दिएपछि सहसचिव मधुसुदन बुर्लाकोटीको कोठा कब्जा गरेका छन्। जनसंख्या महाशाखा प्रमुख बुर्लाकोटी मन्त्रीका सल्लाहकारले कोठा कब्जा गरेपछि करिडोरमा आइपुगेका छन्।
राईले आफू मन्त्रीको प्रमुख सल्लाहकार भएकाले राम्रो र ठूलो कोठा चाहिने भन्दै दबाब दिएपछि मन्त्रालयले सहसचिव बुर्लाकोटीको कोठामा राईलाई बस्न दिएको हो।