रुपन्देही- नेपाल जनस्वास्थ्य संघ, प्रदेश ५को निर्वाचनमा दुई प्यानलले उम्मेदवारी दर्ता गराएका छन्। नेपाल जनस्वास्थ्यकर्मी (पेशागत) समूह र नेपाल जनस्वास्थ्यकर्मी (प्रगतिशील) समूहले पौष २१ गते हुने निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका हुन्।
अध्यक्ष पदका लागि पेशागत समूहबाट भुपराज ढकाल(रुपन्देही) र प्रगतिशील समूहबाट विशाल सुवेदी (प्युठान)ले प्रतिस्पर्धा गर्ने भएका छन्। पेशागत समूहबाट उपाध्यक्षमा शैलेन्द्र पान्डेले प्रगतिशिलका कृष्णप्रसाद पोखरेलसँग प्रतिस्पर्धा गर्ने भएक छन्। सचिवमा पेशागतका बालकृष्ण कँडेल रुपन्देही प्रगतिशिलबाट उमेश चन्द्र घिमिरे स्पर्धामा उत्रिएका छन्। सहसचिबमा सन्तोष भट्टराई र राजेन्द्र रुचाल तथा कोषाध्यक्षमा शलीला गौतम र बिनोद कुमार पोख्रेल निर्वाचनमा होमिएका छन्।
सदस्यहरुमा जिवन देबकोटा दाङ, गणेशराज पौडेल, राजु केसी, कविता श्रेष्ठ, पिताम्वर पाठक, सरोज रिमाल, लेखनाथ न्यौपाने, शिव सार्कीबीच प्रतिस्पर्धा हुनेछ। यसैगरी समावेशीमा मोहम्मद मगिर अली, सञ्जय हलुवाई बन्दना अर्याल, नारायण प्रसाद चौधरी उम्मेद्वारी दिएको निर्वाचन अधिकृत बुद्धिराज काफेलेले बताए।