काठमाडौं - नर्भिक अस्पतालमा उपचाररत भारतका चर्चित गायक सोनु निगमको ढाडको दुखाई कम हुँदै गएको छ। ढाडको दुखाइमा कमी आउँदै गएपछि गायक निगमलाई सम्भवत बुधबार डिस्चार्ज गर्न सकिने अस्पतालले जनाएको छ।
अस्पतालको ५ सय १ नम्बर बेडमा रहेका उनको ढाडको समस्या पहिचान गर्न एमआरआई गर्न लागिएको बताइएको छ। एमआरआई रिपोर्टका आधारमा उनको थप उपचारका विषयमा निर्णय लिने अस्पताल स्रोत बताउँछ ।
पोखरामा रहँदा उनको ढाडको मांशपेसीमा समस्या देखिएपछि आज दिउसो १ बजेर १५ मिनेट जाँदा अस्पताल भर्ना भएका हुन्।
गायक निगमको डा पंकज जलान र डा प्रवीण नेपालको टोलीले उपचार गरिरहेको अस्पतालले जनाएको छ।