काठमाडौं - नर्भिक अस्पतालमा उपचाररत भारतका चर्चित गायक सोनु निगम अस्पतालबाट डिस्चार्ज भएका छन्। अस्पतालबाट उनी सोझै एम्बुलेन्समा एयरपोर्ट पुगेका हुन्।
दिउसो २ बजे उनी अस्पतालबाट डिस्चार्ज भएको अस्पतालले जनाएको छ।
ढाडको मांशपेसीमा समस्या आएपछि गायक निगम मंगलबार अस्पताल भर्ना भएका थिए। उनको समस्यामा सुधार आएपनि पुर्ण रुपमा निको हुन भने समय लाग्ने बताइएको छ।
पोखरामा रहँदा उनको ढाडको मांशपेसीमा समस्या देखिएपछि मंगलबार दिउसो १ बजेर १५ मिनेट जाँदा अस्पताल भर्ना भएका थिए।
गायक निगमको डा पंकज जलान र डा प्रवीण नेपालको टोलीले उपचार गरेका थिए।