फाइल तस्बिर
काठमाडौं– सरकारले देशभरका ५ वटा अस्पतालमा विशेषज्ञसहितकाे सुविधा प्रदान गर्नेगरी स्तराेन्नति गर्ने निर्णय गरेकाे छ।
मन्त्रिपरिषद्को फागुन ३ गतेको निर्णयअनुसार माेरङकाे कोषी अञ्चल अस्पताल, पर्साकाे विरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पताल, चितवनकाे भरतपुर अस्पताल, बाँकेकाे भेरी अञ्चल असप्ताल र डडेलधुरा उपक्षत्रीय अस्पताल, डडेलधुरालाई 'विशिष्ट विशेषज्ञ अस्पताल'का रुपमा स्तरोन्नति गर्ने निर्णय गरिएकाे हाे।
मन्त्रिपरिषद्को निर्णय सुनाउन बिहीबार आयाेजित नियमित पत्रकार सम्मेलन गर्दै सूचना तथा सञ्चार प्रविधि मन्त्री गाेकुल प्रसाद बाँस्काेटाले स्तराेन्नति गरिएका सबै अस्पताल केन्द्र सरकारकै मातहतमा रहने जानकारी दिए।
'सरकारकाे निर्णयअनुसार मङ्गलबारदेखि सबै अस्पताललाई 'विशिष्ट विशेषज्ञ अस्पताल'का रुपमा नामाकरण गरी सोहीबमोजिम कार्यान्वयन गर्नु भनी' सबै अस्पतालमा पत्राचार गरिसकिएकाे छ।
स्तराेन्नति भएपछि अब सबै ५ वटा अस्पतालमा विभिन्न रोगका विशेषज्ञसहितका चिकित्सक र सेवासुविधा सङ्घीय सरकारले उपलब्ध गराउनेछ। केन्द्रीय सरकारबाटै सबै अस्पतालमा ५ सय श्ययाको सेवासुविधा प्राप्त हुनेछ।