काठमाडौं– वीर अस्पतालको अस्थायी लिफ्ट चुँडिदा २ मजदुरको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्। मृत्यु हुनेमा सप्तरीका २५ वर्षीय नवीनकुमार चौधरी र २० वर्षीय भूमिकुमार चौधरी रहेको महानगरीय प्रहरी वृत्त काठमाडौंले जनाएको छ।
अस्पतालको निर्माणाधीन भवनमा बिहीबार राति ४ तला माथिबाट लिफ्ट चुँडिएर उनीहरू खसेका थिए।
मृतक दुवैको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको प्रहरीले जनाएको छ।
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।