ललितपुर– ललितपुरस्थित एनसेलको गेट नजिक भएको बममा परेर घाइते भएका मध्ये एकजना मेडिसिटी अस्पतालकी कर्मचारी भएको खुलेको छ।
विस्फोटमा प्रतिक्षा खड्का, उरुषा मानन्धर र सिंहप्रसाद गुरुङ घाइते भएका थिए। गम्भीर घाइते भएका सिंहप्रसाद गुरुङको मृत्यु भइसकेको छ।
घाइतेमध्येकी उरुषा मानन्धर मेडिसिटीमै कार्यरत कार्मचारी हुन्। २५ वर्षिया मानन्धरको शल्यक्रिया गर्न लागेको बताइएको छ।
प्रतिक्षा शेरमा र उनका श्रीमान् पसल बन्द गरेर मोटरसाइकलमा घर फर्किरहेका बेला बम पड्केको थियो जसमा प्रतिक्षाको ढाडमा क्षति पुगेको छ। उनको हिजै अपरेशन गरेर ढाडबाट धातु निकालिएको छ।
अहिले उनको अवस्था खतरामुक्त रहेको मेडिसिटी अस्पतलकी प्रेस संयोजक मनिता पोखरेलले जानकारी गराइन्।
अहिले घाइतेलाई गहृमन्त्री रामबहादुर थापा बादलले भेटेका छन्।