काठमाडौं– चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) र महाराजगञ्ज मेडिकल क्याम्पस स्वतन्त्र विधार्थी युनियनबीच ८ बुँदे सहमति भएको छ।
विद्यार्थीका मागका विषयमा आइओएम डिन कार्यालयका वार्ता संयोजक डा प्रदीप ज्ञवाली तथा स्ववियुका तर्फबाट वार्ता संयोजक उत्सव चौलागाईंबीच सहमति भएको हो।
सहमतिसँगै आइओएममा तीन महिनादेखि लगाइएको तालाबन्दी खोलिएको छ। विद्यार्थीहरुले विभिन्न ७ बुँदे माग राख्दै आन्दोलन गरेका थिए। स्वतन्त्र विधार्थी युनियनले माग पूरा गराउन दबाब दिँदै आइओएममा ताला लगाएको थियो।
केन्द्रीय जनस्वास्थ्य विभागको स्थापना, सम्पूर्ण क्लिनिकल संकायका पिजी तहका कार्यक्रमलाई भविष्यमा समुचित भत्ताको व्यवस्था गरिने, बिएसएसएलपी लगायत सबै स्नातक कार्यक्रमलाई इन्टर्नसिप भत्ताको व्यवस्था, ओपन हाउस काउन्सेलिङलाई अनलाइनमा लैजाने, साझा प्रवेश परीक्षा तथा सबै विद्यार्थीहरुलाई होस्टेलको व्यवस्था गर्नुपर्ने विद्यार्थीको मागका विषयमा सहमति भएको हो।
सहमतिले त्रिविअन्तर्गत जनस्वास्थ्य केन्द्रीय विभागको स्थापनाका लागि ढोका नेपाल जनस्वास्थ्य संघका केन्द्रीय सदस्य तथा आइओएमका विद्यार्थी कमल रानाभाटले सहमतिपछि प्रतिक्रिया दिए।
हेरौं ८ बुँदे सहमति


