काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी चिकित्सक संघ (गोदान) लाई विरोधका कार्यक्रम स्थगन गर्न आग्रह गरेको छ ।
कर्मचारी समायोजनमा असन्तुष्टि जनाउदैँ गोदानले आजदेखि देशभर आकस्मिक बाहेकका सेवा ठप्प पारेको छ । जसका कारण ५० हजार बढी बिरामी सेवा पाउनबाट बञ्चित भएका छन् ।
मन्त्रालयका सहसचिव जर्नादन गुरागाईले प्रेस विज्ञप्ति जारी गर्दै गोदानले उठाएका सकारात्मक विषयमा मन्त्रालयबाट पहल हुदाँहुदैँ नागरिकको स्वास्थ्य सेवा पाउने हक विरुद्ध हुने भएकाले विरोधका कार्यक्रम स्थगन गर्न अपिल गरेका हुन् ।
‘स्वास्थ्य सेवा जस्तो संवेनशील मानवीय जीवनसँग प्रत्यक्ष सरोकार राख्ने विाष्यमा चिकित्सकहरुबाट भएका सम्पूर्ण विरोधका कार्यक्रम स्थगित गर्न मन्त्रालय हार्दिक अपिल गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ । अन्यथा, विरोध कार्यक्रमबाट हुनसक्ने प्रतिकूल असरको जवाफदेही स्वयं चिकित्सक नै हुनुपर्ने चेतावनी मन्त्रालयले दिएको छ ।
