काठमाडौं- सरकारी चिकित्सक संघ (गोदान) ले देशभरका सरकारी अस्पतालको आकस्मिक बाहेकका सेवा बहिस्कार गर्ने कार्यक्रम तीन दिन स्थगित गरेको छ।
बुधबार दिउँसो ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको निधन भएपछि गोदानले आन्दोलनको कार्यक्रम तीन दिनका लागि स्थगन गरेको हो।
सरकारी डाक्टरहरुले कर्मचारी समायोजनप्रति असन्तुष्टि जनाउँदै आएका छन्।
डाक्टरहरुले आज देशभरका अस्पतालको सेवा बहिष्कार गरेका थिए। जसका कारण हजारौँ बिरामीले उपचार पाउन सकेका छैनन्।
