चितवन- शुक्रबारदेखि चितवनमा ७ औं नेपाल फर्मा तथा हेल्थ एक्स्पो सुरु हुने भएको छ। एक्स्पोको सबै तयारी पुरा भएको नेपाल औषधि उत्पादक संघले जनाएको छ।
भरतपुरको चितवन प्रर्दशनी केन्द्रमा एक्स्पो हुने भएको छ।
औषधिको उत्पादन प्रविधि, संवेदनशिलताबारे सचेतना दिने एवं औषधि उत्पादनलाई अन्र्तराष्ट्रिय स्तरमा पुर्याउंँदै अझ प्रविधि मैत्री र दक्षता प्रदान गर्ने उद्धेश्यले एक्स्पोको आयोजना गरिएको आयोजक संस्था नेपाल औषधी उत्पादक संघले जनाएको छ।
एक्स्पोका संयोजक जी नारायण बहादुर क्षेत्रीले एक्स्पोमा नेपाली जनशक्तिलाई अन्तृराष्ट्रिय स्तरको नविन प्राविधिकको ज्ञान दिने उद्धेश्य रहेको बताए। उनका अनुसार एक्स्पोमा ३० वटा बहुराष्ट्रिय कम्पनी, १ सय २० वटा भारतीय कम्पनीहरुका साथै नीजि क्षेत्रका १० वटा अस्पतालको सहभागिता रहनेछ।
फागुन १९ सम्म चल्ने उक्त एक्सपोमा सामाजिक उत्तरदायित्व अन्र्तगत मरणोपरान्त अंगदानको अभियानलाई संस्थागत गरिने क्षेत्रीले बताए। अंगदानको अभियानलाई संघले शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपणकेन्द्र सँंग सहकार्य गरेर काम गर्नेछ। सो अवधिमा कम्तीमा १ हजार जनाले अंगदान गर्ने विश्वास लिइएको छ ।
काठमाडौं बाहिर पहिलोपटक चितवनमा हुन गइरहेको एक्स्पोमा १० हजार भन्दा बढीले अवलोकन गर्ने अनुमान गरिएको एक्स्पोका मिडिया कोअर्डिनेटर विप्लव अधिकारीले बताए।