काठमाडौं– अस्पताल भर्ना भएका ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनलाई भेट्न शीर्ष नेता नर्भिक पुगेका छन्। नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली,अर्का अध्यक्ष पुष्पकमल दाहाल'प्रचण्ड' र सभामुख कृष्णबहादुर महरा पुनको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेका हुन्।
बिहीबार एक्कासि अस्वस्थ भएपछि मन्त्री पुनलाई थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको हो। डा यादवदेव भट्टको टोलीले उनको उपचार गरिरहेको छ।
मन्त्री पुनको मुटुमा समस्या देखिएपछि अस्पताल लगिएको थियो। उनको सिसियूमा उपचार भइरहेको अस्पताल स्रोतले जनाएको छ।
उनलाई औषधि चलाइएको र अहिले अवस्था सुधारोन्मुख रहेको बताइएको छ।