काठमाडौं– बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको उपकुलपति डा राजकुमार रौनियारलाई हटाउने निर्णय भएको छ । शुक्रवार बसेको सिनेट बैठकले उनलाई पदमुक्त गर्न कुलपति तथा प्रधानमन्त्री केपी शर्मा वलीसमक्ष सिफारिस गरेको हो।
सहउपकुलपति समेत रहेका उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले उनलाई हटाउन कुलपति समक्ष सिफारिस गरेका हुन्। केही समयदेखि मन्त्री यादव उपकुलपति रौनियारलाई हटाउन प्रयासरत थिए। उनले तीनपटकसम्म बोलाएको सिनेट बैठक बस्न सकेको थिएन।
रौनियारलाई पुष्पकमल दाहाल 'प्रचण्ड' प्रधानमन्त्री हुँदा उपकुलपतिमा नियुक्त गरिएको थियो।