काठमाडौं– औषधि व्यवस्था विभागले चारवटा औषधी विक्री वितरणमा रोग लगाएको छ। तीमध्ये दुईलाई विक्रीवितरणमा रोक र दुईलाई बजारबाट फिर्ता लिन निर्देशन गरिएको छ।
औषधिको गुणस्तरमा अनुसन्धान भइरहेको भन्दै विजयदिप ल्याबेरोटोरी ललितपुरको एक औषधिको तीन ब्याच र एपेक्स फर्मास्युटिकल्स वीरगञ्जको एक औषधि विक्रीविरतण रोकिएको हो।
मधुमेहको उपचारमा प्रयोग हुने विजयदिपको भि–मेट ५०० र एपेक्सको मधुमेट ५०० न्युन गुणस्तरका पाइएका औषधि व्यवस्था विभागले जनाएको छ ।
त्यसैगरी विभागले तीनवटा औषधि बजारबाट फिर्ता लिन फर्मास्युटिकल्स कम्पनीहरुको नाममा जारी गरेको छ।
जसमा आर्या फर्माल्याब प्रालिको एक औषधिको दुई ब्याच र युरोलाइफ हेल्थकेयर प्रालिको एक औषधि फिर्ता लिन भनिएको छ।
आर्या फर्माल्याबको काटिएको ठाउँमा प्रयोग हुने मल्हम पोलजिन एनजेड १५ जिएम रहेको छ भने युरोलाइफको ‘रिंगर ल्याकटेट सलुसन’ नामको पखाला र वाकवाकी रोक्ने औषधि रहेको छ।