काठमाडौं- पूर्व उपप्रधान तथा पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य नाजुक रहेको छ। हाल उनको काठमाडौंस्थित ह्याम्स अस्पतालको भेन्टिलेटरमा राखी उपचार भइरहेको छ ।
अधिकारीको स्वास्थ्य अवस्था नाजुक रहेको ह्याम्स अस्पताल स्रोतले जानकारी दिएको छ।
लामो समयदेखि छातीको संक्रमणबाट पीडित उनलाई अस्पताल भर्ना गर्ने र डिस्चार्ज गर्ने क्रम पटकपटक दोहोरिएको थियो।
पुस २३ देखि अस्वस्थ भएर शुरुमा मेटिसिटीमा अस्पतालमा भर्ना गरी उपचार गरिएको थियो।
त्यसपछि फेरी उनलाई धुम्बाराहीस्थित ह्याम्स अस्पताल भर्ना गरिएको थियो।