काठमाडौं- सरकारले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा राजकुमार रौनियारलाई पदबाट हटाएको छ।
प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २६ गते उनलाई उपकुलपतिबाट हटाउने निर्णय गरेका थिए। सोही निर्णय अनुसार प्रतिष्ठानका सहकुलपति समेत रहेका स्वास्थ्य मन्त्री उपेन्द्र यादवले उनलाई पदबाट हटाउने निर्णयको पत्र पठाएका छन्।
फागुन १६ र १७ गते बालुवाटारमा बसेको प्रतिष्ठानको सञ्चालक समिति ९सिनेट० बैठकले सर्वसम्मतिबाट प्रतिष्ठानका उपकुलपति पदबाट डा रौनियारलाई हटाउने निर्णय गरेको थियो। सिनेटको सोही निर्णयको आधारमा स्वास्थ्यमन्त्री यादवले उपकुलपति रौनियारलाई पदबाट हटाउन प्रधानमन्त्री समक्ष सिफारिस गरेका थिए।
स्वास्थ्य मन्त्रालयले स्वास्थ्यखबरलाई उपलब्ध गराएको निर्णयको पत्रमा उपकुलपति डा रौनियारले पद अनुसारको दायित्व पुरा नगरेको उल्लेख छ। पत्रमा डा रौनियारलाई प्रतिष्ठान ऐन २०४९ को दफा ११ घ (३) वमोजिम उपकुलपति पदबाट हटाउने निर्णय भएको उल्लेख छ।
हेरौं पत्र
