काम गर्ने प्रकृतिका आधारमा नसालाई २ भागमा विभाजन गरिएको हुन्छ। नसा विभाजन गर्ने मुख्य आधार सेन्ट्रल र पेरिफेरल प्रणाली हुन्। मस्तिष्क र मेरुदण्डमा हुने नसाको प्रणालीलाई सेन्ट्रल र हातगोडा, आँखा, मुख चलाउने प्रणालीलाई पेरिफेरल सिस्टम भनिन्छ।
‘मल्टिपल स्क्लेरोसिस’भनेको मस्तिष्क र मेरुदण्डको नसा प्रणालीमा हुने समस्या भनेर बुझिन्छ। यी भागका नसामा भएको खोल खुइलिने समस्यालाई नै साधारण भाषामा ‘मल्टिपल स्क्लेरोसिस’भनिन्छ।
नसाको खोल किन खुइलिन्छ भन्ने कुरा यकिन गर्न सकिँदैन। तर, यसमा जोखिम पुर्याउने विभिन्न कारण हुन्छन्। यो समस्या जुनसुकै उमेरमा पनि हुन सक्छ। विशेषगरी युवतीमा भने यो समस्या बढी हुने गरेको पाइन्छ।
भिटामिन 'डी' को कमी हुँदा र भाइरल संक्रमणका कारण यो समस्या देखिने विभिन्न अध्ययनको निष्कर्ष छ। रोग प्रतिरोधात्मक क्षमता कम हुनु र वंशाणुगत कारण पनि यसका कारक हुन्। धेरै चिसो स्थानमा बसोबास गर्नेहरुमा पनि बढी हुने गरेको पाइन्छ।
हातखुट्टा झम्झमाउने, आँखाको दृष्टिमा समस्या आउने, जिउ लाटो हुने, पिसाब रोक्न गाह्रो हुने, निहुँरिदा टाउको दुख्ने, थकान महसुस हुनेलगायतका लक्षणहरु देखिन्छ।
यसको उपचारलगायतका विषयमा न्युरोलोजिस्ट डा बाबुराम पोखरेलले स्वास्थ्यखबरकी बिन्दु शर्मासँग यसरी सुनाएका छन्।
विस्तृत भिडियोमा :
भिडियो : निमेष जंग राई