काठमाडौं— नेपाल नर्सिङ काउन्सिलले आफ्नै मापदण्ड विपरीत यो वर्ष पनि ५० शय्या भएका अस्पताललाई ४० सिट अध्यापनको अनुमति दिने भएको छ।
स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्र यादवको दबाबपछि काउन्सिलले यस्तो निर्णय लिएको हो। मापदण्ड विपरीत सिट दिने निर्णय गरेको काउन्सिलले यसअघि मापदण्ड अनुसार नै ५० शय्या भएका कलेजलाई २० सिट मात्र दिने तयारी गरेको थियो। तर, अन्तिम समयमा राज्यमन्त्री यादवले सिट नघटाउन दबाब दिएपछि काउन्सिलले यो वर्ष पनि ५० शय्याका कलेजलाई ४० सिट नै दिने निर्णयमा पुगेको हो।
तर, काउन्सिलले यस्ता कलेजलाई अर्को वर्षको शैक्षिक सत्रमा भने ४० सिट नदिने निर्णय गरेको छ। काउन्सिलले यस्ता अस्पताललाई नियमअनुसार ४० सिटका लागि सय शय्याका अस्पताल निर्माण गर्न एक वर्षको समय दिने निर्णय गरेको हो।
काउन्सिलले ५० शय्यामा स्वीकृत भएका अस्पताल देखाएर ४० जना विद्यार्थी पढाइरहेका नर्सिङ कलेजलाई आफ्नै सय शय्याभन्दा माथिको अस्पतालको व्यवस्था गर्न सोमबार सार्वजनिक सूचना जारी गरेको हो।
साउन २ गते बसेको काउन्सिलको बैठकले ५० शय्या भई ४० जना विद्यार्थी पढाइरहेका अस्पतालाई आगामी शैक्षिक सत्र ०७७/८८ सम्म सूचनाअनुसार व्यवस्था नगरे विद्यार्थी सिट संख्या कटौती गर्ने निर्णय गरेको जनाएको छ।
काउन्सिलको तथ्यांक अनुसार ५० शय्याका अस्पताल भएर पनि ४० सिट पाउने कलेजको संख्या ३७ मात्र छ। यस्तै ९३ वटा नर्सिङ कलेजका आफ्नै अस्पताल छैनन्। उनीहरुले अन्य अस्पतालाई देखाएर नर्सिङ पढाउँदै आएका छन्।
यी हुन् ४० सिट चलाउने ५० बेडका अस्पताल
१. एड्भान्स स्टडिज अफ हेल्थ साइन्स (बुटबल अस्पताल, रुपन्देही)
२. अग्रिम एकेडमी प्रालि लहान, सिरहा (फ्रेन्डसिप अस्पताल)
३. बालकुमारी कलेज, चितवन (नेसनल सिटी अस्पताल)
४. भक्तपुर टे«निङ सेन्टर, भक्तपुर (कोरिया नेपाल फ्रेन्डसिप अस्पताल)
५. चक्रवर्ती हबी एजुकेसन एकेडेमी, भक्तपुर (गणेशमान अस्पताल)
६. चितवन एकेडेमी फर टेक्निकल एजुकेसन, चितवन (चितवन मोडेल अस्पताल)
७. दोलखा मल्टी सेक्टरल टे«निङ, दोलखा (दोलखा सामुदायिक अस्पताल)
८. हिमालयन प्यारामेडिक्स इन्स्टिच्युट, ओखलढुंगा (मिसन अस्पताल)
९. होली भिजन नर्सिङ कलेज, काठमाडौं (हिमाल हस्पिटल एन्ड रिसर्च सेन्टर)
१०. वेस्टर्न हस्पिटल नर्सिङ क्याम्पस, नेपालगन्ज (वेस्टर्न हस्पिटल एन्ड रिसर्च सेन्टर)
११. कालीगण्डकी अस्पताल, कास्की (कालीगण्डकी अस्पताल)
१२. कालिका मेडिकल एन्ड टेक्निकल इन्स्टिच्युट, परासी (मनकामना अस्पताल)
१३. काठमाडौं नर्सिङ क्याम्पस, काठमाडौं (काठमाडौं अस्पताल)
१४. कुमारी कम्युनिटी एएनएम टे«निङ सेन्टर, परासी (भरतपुर अस्पताल)
१५. मदन भण्डारी मेमोरियल एकेडेमी, मोरङ (भद्रपुर अस्पताल)
१६. मेची टेक्निकल ट्रेनिङ एकेडेमी, झापा (मेची अञ्चल अस्पताल)
१७. मकवानपुर टेक्निकल इन्स्टिच्युट, मकवानपुर (हेटौंडा अस्पताल)
१८. मनकामना नर्सिङ कलेज चितवन, (मौलाकालिका अस्पताल)
१९. मेडिकल इन्स्टिच्युट लहान, सिरहा (सप्तऋषि अस्पताल)
२०. नारायणी मेडिकल एन्ड टेक्नोलोजी नर्सिङ कलेज, मकवानपुर (हेटौंडा अस्पताल)
२१. नेपाल इन्स्टिच्युट अफ हेल्थ साइन्स, काठमाडौं (स्तुपा अस्पताल)
२२. नेपाल इन्स्टिच्युट अफ मेडिकल साइन्स एन्ड टेक्नोलोजी, काठमाडौं ( ग्लोबल अस्पताल)
२३. ओम समाज शैक्षिक प्रतिष्ठान, काठमाडौं (नेपाल प्रहरी अस्पताल)
२४. अक्सब्रिज टेक्निकल कलेज, रुपन्देही (लुम्बिनी सिटी अस्पताल)
२५. पद्मा नर्सिङ होम स्कुल अफ नर्सिङ, कास्की (पद्मा नर्सिङ होम)
२६. पिपुल्स मल्टिपल हेल्थ इन्स्टिच्युट, सुनसरी (सुरक्षा अस्पताल)
२७. पब्लिक टेक्निकल इन्स्टिच्युट, सिरहा (लहान अस्पताल)
२८. राप्ती लाइफ केयर अस्पताल, दाङ (राप्ती उपक्षेत्रीय अस्पताल)
२९. सगरमाथा टेक्निकल इन्स्टिच्युट, मोरङ (इनरुवा जिल्ला अस्पताल)
३०. शारदा इन्स्टिच्युट अफ टेक्नोलोजी, धनुषा (जलेश्वर अस्पताल)
३१. श्री मेडिकल एन्ड टेक्निकल कलेज, चितवन (पुष्पाञ्जली अस्पताल)
३२. सुनसरी टेक्निकल स्कुल, सुनसरी (विजयपुर अस्पताल)
३३. सुर्खेत एजुकेसन डेप्लोपमेन्ट एकेडेमी, सुर्खेत (मध्यपश्चिम क्षेत्रीय अस्पताल)
३४.टेक्निकल टे«निङ सेन्टर, सिन्धुली (सिन्धुली जिल्ला अस्पताल)
३५.तम्घास टेक्निकल स्कुल, गुल्मी (गुल्मी अस्पताल)
३६.त्रिशूली मेडिकल इन्स्टिच्युट, नुवाकोट (त्रिशूली अस्पताल)
३७. विनायक कलेज अफ हेल्थ साइन्स, काठमाडौं (विनायक हस्पिटल एन्ड म्यार्टनिटी होम प्रालि)
यो पनि :
नर्सिङ शिक्षामा बेथिति–१: ओखलढुंगा नर्सिङ क्याम्पसको ६० प्रतिशत कोटा भागवन्डामा, सर्वसाधारण पढ्नबाट बञ्चित हुँदै
नर्सिङ शिक्षामा बेथिति–२: ५० शय्या भएका नर्सिङ कलेजलाई नियमविपरीत ४० सिट दिन स्वास्थ्य राज्यमन्त्रीको दबाब
निर्सिङ शिक्षामा बेथिति-३ : नर्सिङ लाइसेन्स परीक्षामा धेरै कलेजको नतिजा शून्य : कुन कलेजका कति पास, कति फेल?
निर्सिङ शिक्षामा बेथिति-४ : नर्सिङ शिक्षामा मनपरी : यी ९३ वटा कलेजका आफ्नै अस्पताल छैनन्
नर्सिङ शिक्षामा बेथिति-५ : अनुगमनको पूर्वसूचना, भाडामा सामान र बिरामी ल्याउँदै झुक्याउँदै
नर्सिङ कलेजमा बेथिति ६ : नाम मात्रको प्रयोगात्मक, सिप बिनाका जनशक्ति उत्पादन हुँदै