काठमाडाैँ - सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले स्टाफ नर्स र अनमीकाे लागि जागिरकाे अवसरकाे लागि आज सूचना प्रकाशित गरेकाे छ।
सामुदायिक नर्सिङ परिचालनका लागि कर्णाली प्रदेश सरकारले ५९ जना स्टाफ नर्स र १४२ जना अनमीकाे लागि पदपूर्ति गर्ने तयारी गरेको हाे।
प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले सूचना जारी गरी स्थानीय तहका स्वास्थ्य संस्था नभएका वार्डहरुमा काम काज गर्ने गरी स्टाफ नर्स र अनमी पदपूर्ति गर्न लागेको सूचना प्रकाशित गरेकाे छ।

स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।