काठमाडौं- अन्र्तराष्ट्रिय पोलियो दिवसका अबसरमा जनचेतनामूलक ¥याली निकालिएको छ। लुम्बिनी मेडिकफ कलेज एण्ड टिचिङ हस्पिटल र राेटरी क्लब अफ पाल्लाको संयुक्त आयोजनामा तानसेन बजारमा आयोजना गरिएको हो।
लुम्बिनी मेडिकल कलेज तानसेनका चिकित्सक, विद्यार्थी, क्लबका पदाधिकारी, सर्वसाधारण ¥यालीमा सहभागी थिए। ¥यालीपछि हुलाक चोकमा भएको कोणसभामा पोलियो रोगबारे जानकारी दिइएको थियो।

रोटरी क्लव अफ पाल्पा लुम्बिनीका अध्यक्ष सन्तोष लालश्रेष्ठ, डा. समता नेपाल र एबिबिएस विद्यार्र्थी अनुष्का खड्काले पोलियोबारे जानकारी दिएका थिए। नेपालमा पोलियो शून्यको अवस्थामा छ। सन् २०१० देखि नेपालमा पोलिएको नयाँ बिरामी भेटिएका छैनन्।
पोलियो उन्मुलनको अवस्थमा रहेकोले जोखिम मानिएका भारतीय सीमानाका तराइका जिल्लामा फागुन चैत महिनामा पोलियो थोपा खुवाउन लागिएको छ।
परिवार स्वास्थ्य महाशाखाका अनुसार झापादेखि कञ्चनपुरसम्मका १८ जिल्लामा (चितवन र नवलपरासी बाहेक) का जिल्लाका पाँच वर्षमुनिका सबै बालबालिकालाई पोलियो थोपा खुवाइने छ।
सरकारले आगामी फागुन चैतमा हुने दादुरा रुवेला खोप अभियानको क्रममा दादुरा खोपसँगै पोलियो थोपा खुवाउने कार्यक्रम राखेको छ।