काठमाडौं– केएमसी पूर्व विद्यार्थी संघको आयोजनामा बिहीबार लहान अस्पताल, लहानमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।
सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रसँगको सहकार्यमा आयोजित उक्त निःशुल्क स्वास्थ्य शिविरमा शिक्षण अस्पताल महाराजगञ्ज, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर तथा पाटन अस्पतालमा कार्यरत अनुभवी तथा दक्ष चिकित्सकहरुको संलग्नता थियो। उक्त शिविरमा निःशुल्क स्वास्थ्य परीक्षण सँगसँगै निःशुल्क औषधि वितरण गरिएको थियो छ।
उक्त स्वास्थ्य शिविरबाट विशेषगरी सिराहा जिल्लाका मुटु रोगीहरुले स्वास्थ्य लाभ लिएका छन्। इसिजी, इको र ल्याबको सेवा समेत रहेको उक्त निःशुल्क स्वास्थ्य शिविरबाट करिब ४०० जना बिरामीले प्रत्यक्ष लाभ लिएको आयोजक संस्थाका अध्यक्ष डा अच्युतशाली घिमिरेले जानकारी दिए।
उक्त शिविरमा ६० वटा इको र २०० जति इसिजी गरिएको थियो। मुटुरोग विशेषज्ञ डा राजेशकुमार शाह एवं डा सञ्जयकुमार शाह, डा कविता घिमिरे, डा आशिष कडारिया, डा अञ्जनीकुमार शाहको प्रत्यक्ष चेकजाचँबाट बिरामी लाभान्वित भएका थिए।