काठमाडौँ–धन्वन्तरी जयन्ती तथा राष्ट्रिय आरोग्य दिवसमा भोलि विभिन्न कार्यक्रम गरी मनाइने भएको छ।
पूर्वीय दर्शन र आयुर्वेद चिकित्सा ‘स्वास्थ्य,समृद्ध नेपालको आवश्यकता’भन्ने मूल नाराका साथ मनाउन लागिएको राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरी जयन्तीको पूर्व सन्ध्यामा आज आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले एक कार्यक्रमको आयोजना गरी जानकारी दिएकाे हो।
कार्यक्रममा विभागका निर्देशक डा वासुुदेव उपाध्यायले नसर्ने रोग रोकथाम र नियन्त्रण गर्न आयुर्वेद चिकित्सा प्रद्धतिलाई एकिकृत रुपमा सञ्चालन गर्ने बताए।
बच्चा देखि नै आयुर्वेद, योग र स्वास्थ्य जीवनशैलीको बानी बसाल्ने हो भने भविष्यमा विभिन्न नसर्ने रोगको सिकार हुन नपर्ने उपाध्यायले बताए।
साथै उनले आयुर्वेद चिकित्सा पद्धति सातै प्रदेशमा स्थापना गर्ने पनि जानकारी गराए।
२०५६ सालदेखि धन्वन्तरी जयन्तीको दिनलाई सरकारले आरोग्य दिवसको रुपमा मनाउन थालेको हो। आयुर्वेदका प्रवर्तक धन्वन्तरीको उत्पत्ति भएको दिनको सम्झनामा धन्वन्तरी दिवस मनाइँदै आइएको छ।