काठमाडौं- वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ मुटुको धमनीको ब्लकेजको एन्जियोप्लाष्टी प्रविधिको सफल उपचारपछि आज घर फर्केका छन्।
ग्राण्डी इन्टरनेशनल अस्पतालमा दुई दिनदेखि उपचाररत उनको एन्जियोप्लाष्टी अस्ति गरिएको थियो।
अस्पतालका मेडिकल डिरेक्टर चक्र पाण्डेका अनुसार २ दिन अघि छाती दुखेर अस्पताल भर्ना भएका उनी आराम गरी आज घर फर्केका हुन्।
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।