बिबिसी– जर्मनीमा अन्त्येष्टिका लागि गएका १३ मलामीहरु केक खाएर बिरमी परेका छन्। उनीहरुले केक खाएपछि वाकवाकी लाग्ने र चक्कर लाग्ने लक्षण देखिएको थियो।
जर्मनीमा अन्त्येष्टिपछि कफी र केक खुवाउने चलन छ।
प्रहरीले केक अर्डर दिइएको रेष्टुरेन्टमा अनुसन्धानपश्चात उक्त ‘ह्यास केक’ रेष्टुरेन्ट सञ्चालककी छोरीले बनाएको खुलेको छ। ती १८ वर्षीया छोरीले उक्त केक अर्को विशेष अवसरका लागि बनाएको बताउँदै उनकी आमाले झुक्केर लगेको बताइएको छ।
हाल ती युतवीसँग प्रहरीले थप अनुसन्धानका लागि सोधुपुछ गरिँदैछ। यो घटना अगष्टमा घटेको थियो तर मलामीको गोपनीयता राख्न सार्वजनिक गरिएको थिएन।