काठमाडौं– चिकित्सा शिक्षा अध्ययन संस्थान (आइओएम)की पहिलो महिला क्याम्पस प्रमुख सुशीला दलीको निधन भएको छ। ७८ वर्षीया दलीको यही कात्तिक ८ गते निधन भएको हो।
लामाे समयदेखि मिर्गौला सम्बन्धी समस्याबाट पीडित दली न्युमोनियाबाट समेत ग्रसित थिइन्।
महाराजगञ्जस्थित शिक्षण अस्पतालको हेमाटोलोजी डिपार्टमेन्ट प्रमुख दली नेपालको पहिलो होमाटोलोजिस्ट समेत हुन्।
उनले नेपालको स्वास्थ्य क्षेत्रमा ३५ वर्षभन्दा बढी योगदान दिनुका साथै मेडिकल शिक्षाको सुधारमा योगदान दिएकी छन्।