काठमाडौं- पूर्व सभासद झक्कुप्रसाद सुवेदीलाई हृदयाघात भएको छ। उनको नर्भिक अस्पतालमा उपचार भइरहेको छ।
हृदयाघातपछि अस्पताल लगिएका सुवेदीको डा जेपी जैसवालको टोलीले एन्जियोप्लाष्टि गरेका छन्। सुवेदीको मुटुको दायाँ तर्फको नसा पूर्ण रुपमा बन्द भएको थियो। एन्जियोप्लाष्टिपछि उनको बन्द भएको नसा खुलाइएको छ।
सुवेदीलाई बिहान ११ बजे अस्पताल लगिएको थियो। त्यसलगत्तै अस्पतालले आवश्यक उपचार प्रक्रिया अगाडि बढाएको हो।
काम विशेषले उपत्यका बाहिर जान लागेका सुवेदीलाई नागढुंगाबाट सिधै नर्भिक लगिएको थियो।
उपचारपछि सुवेदीको स्वास्थ्यमा सुधार आइरहेको डा जैसवालले जानकारी दिए।