काठमाडौं-हृदयाघात भएर नर्भिक अस्पतालमा उपचाररत पूर्व सभासद झक्कुप्रसाद सुवेदीको स्वास्थ्यमा सुधार आएको छ। सोमबार सुवेदीलाई हृदयाघात भएपछि अस्पताल लगिएको थियो।
सुवेदीको मुटुको दायाँ तर्फको नसा पूर्ण रुपमा बन्द भएको थियो। अस्पतालमा डा जेपी जैसवालको टिमले एन्जियोप्लाष्टि गरेर बन्द भएको नसा खुलाएका थिए।
अप्रेसनपछि उनको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको अस्पतालले जनाएको छ।
सुवेदीलाई भेट्न नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नर्भिक पुगेका थिए। प्रचण्डले सुवेदीको स्वास्थ्यका विषयमा जानकारी लिएर फर्किएको अस्पतालले जनाएको छ।