काठमाडौँ– आर्थोस्कोपी सोसाईटी अफ नेपालले कार्तिक २२ र२३ गते दोश्रो अन्तराष्ट्रिय सम्मेलन गरेको छ।
हाडजोर्नी विशेषज्ञहरुको विशेष सहभागिता रहेको यस सम्मेलनमा आर्थोस्कोपी तथा स्पोर्टस् मेडिसिनको विषयमा छलपलमा गरि यसको प्रबद्र्धनका लागि आवश्यक मार्ग पहिचान हुने आयोजकको अपेक्षा छ।
सोसाईटीका अध्यक्ष डा शिशिर लाखेका अनुसार भारतबाट ६, बेलायतबाट १ जना तथा नेपालबाट करिब २० जना विशेषज्ञ चिकित्सकहरुको सहभागिता रहेको छ ।
सम्मेलनमा नेपाली खेलकुद क्षेत्रमा योगदान पु¥याएका चिर्चित खेलाडी बैकुण्ठ मानन्धर, बडि बिल्डर महेश्वर महर्जन, नेपालको पहिलो महिला रेस्लर भगवती खड्का, फुटबल खेलाडी नवयुग श्रेष्ठ सम्मानित भएका छन्।
घुँडाको नसा च्यातिएमा, चुँडिएमा, कुर–कुरेहाडको समस्या, हिप दुख्ने, खुट्टाको जोर्नीका समस्या समाधानका लागि आर्थोस्कोपी महत्वपूर्ण हुन्छ ।