काठमाडौं- नेपाल स्वास्थ्यकर्मी संघको नयाँ नेतृत्वका लागि मतदान सुरु भएको छ। डिल्लीबजारस्थित नेपाल सांस्कृतिक संघको हलमा केहीबेरअ अङि मतदान प्रत्रिया सुरू भएकाे हाे।
देशभरबाट आएका करिब ७८० मतदाताले संघको नयाँ नेतृत्वका लागि मतदान गरिरहेका छन्। नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्ष रामजी घिमिरे र सह अध्यक्ष ओमप्रसाद उपाध्यायबीच प्रतिस्पर्धा हुँदैछ। सहमतिमा कार्यसमिति चयन गर्ने प्रयास गरिएकाे भएपनि सम्भव नभएपछि निर्वाचन भएकाे हाे।
दुई कार्यकाल संघको नेतृत्व गरेका घिमिरे पछिल्लो समय विवादित बनेका छन्। उनले लोकतान्त्रिक पद्दति अनुसार दुई कार्यकाल नेतृत्व गरिसकेकाले नेतृत्व हस्तान्तरण गर्नुपर्ने धेरै स्वास्थ्यकर्मीले प्रतिक्रिया दिएका दिएका थिए।
अध्यक्षका लागि यसअघि चार जनाले आआफ्नो दाबी गरेका थिए। तर, चुनावी मैदानमा ओमप्रसाद उपाध्याय र रामजी घिमिरे मात्र छन्। अध्यक्षका दावेदार कृष्ण नागिला र धनप्रसाद पौडेलले ओमप्रसाद उपाध्यायलाई सहयोग गर्ने भन्दै मैदानबाट बाहिरिएपछि २ जनाबीच प्रतिस्पर्धा हुने भएको छ।
यसअघि, नयाँ नेतृत्वका लागि आफुलाई प्रबल दावेदारको रुपमा दावी गरेका सहअध्यक्ष कृष्ण नागिलाले उपाध्यायलाई प्रस्ताव गर्दैै आफु पछि हटेको बताए।
घिमिरे हालका अध्यक्ष समेत हुन्। पछिल्लाे समय विवादित बनेका उनलाइ संघको २ कार्यकाल अध्यक्ष रहँदा व्यक्तिगत स्वार्थमात्र हेरेको आरोप छ।
यस्तै, संघको महासचिवमा पनि दुई जना चुनावी मैदानमा देखिएका छन्। दीपक प्रसाद भट्ट र शंकर कँडेल महासचिवका लागि प्रतिस्पर्धामा भइरहेकाे छ। संघको वरिष्ठ उपाध्यक्षमा भने तीन जानको प्रतिस्पर्धा हुने देखिएको छ।
संघका हालका महासचिव दीपक मुडभरी वरिष्ठ उपाध्यक्षमा उठेका छन्। यस्तै वरिष्ठ उपाध्यक्षमा रामचन्द्र साह र भवानी शर्मा पनि प्रतिस्पर्धामा उत्रिएका छन्।हुनुपर्ने संघको निर्वाचन छ दुई वर्ष ढिला गरी हुन लागेकाे हाे। महाधिवेशन हुने नहुने अन्योलताबीच शुक्रबार अधिवेशनको उद्घाटन भएको थियो।
महिला उपाध्यक्षमा रमिला चौलागाईँ र मिरा नेपाल। कोषाध्यक्षमा राजकुमार तिवारी र सुरेश पासवानले उम्मेद्वारी दिएका छन्। आज साँझसम्म संघको नयाँ नेतृत्वको चयन हुनेछ। अहिले १८ हजार बढी सदस्य रहेको छ ।