काठमाडौं- नेपाल स्वास्थ्यकर्मी संघको नयाँ नेतृत्वका लागि मतगणना भइरहेकाे छ। मतदान प्रकृयामा ५७२ मत खसेकाे थियाे। ८ बजेदेखि सुरु भएकाे मतदान १२ बजे सकिएकाे थियाे। देशभरबाट आएका करिब ७७१ मतदाताले संघको नयाँ नेतृत्वका लागि मतदान गरेका थिए।
अहिलेसम्ममा २५० मत गणना भएकाेमा अध्यक्षद्वयबिच कडा प्रतिष्पर्धा देखिएकाे छ। अध्यक्षकाे पदमा वर्तमान अध्यक्ष रामजी घिमिरे र सह अध्यक्ष ओमप्रसाद उपाध्यायबीच प्रतिस्पर्धा भइरहेकाे छ।दुवैकाे मत ५०-५० खसेकाे छ।
त्यसैगरी महासचिवका दीपक प्रसाद भट्ट र शंकर कँडेलबिच प्रतिस्पर्धामा भइरहेकाेमा दीपक अगाडि देखिएका छन् भने छ। संघको वरिष्ठ उपाध्यक्षमा महासचिव दीपक मुडभरी अगाडी छन्।
महिला उपाध्यक्षमा रमिला चौलागाईँ र मिरा नेपाल छन् भने कोषाध्यक्षमा राजकुमार तिवारी र सुरेश पासवानले उम्मेद्वारी रहेकाे छ।